Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

उपनिर्वाचनको कार्यातालिका सार्वजनिक

उपनिर्वाचनको कार्यातालिका सार्वजनिक

  • बिहिवार, आश्विन १० २०८१

  • 591
    SHARES

  • उपनिर्वाचनको कार्यातालिका सार्वजनिक

    काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । आयोगले बिहीबार सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंसिर २ गते उम्मेदवारी दर्ताको मिति तय गरिएको छ ।

    मंसिर २ मा बिहान १० देखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको आयोगका सहसचिव एवम प्रवक्ता नारायण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसै दिन साँझ ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।

    दर्ता भएको उम्मेदवारीमाथि विरोधको उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म, त्यसै दिन दिउँसो ३ बजेदेखि ४ गते साँझ ५ बजेसम्म मनोनयमपत्र र उजुरीमाथि जाँचबुझ एवम निर्णय गरेर साँझ ५ देखि ६ बजेसम्म निर्वाचन अधिकतृको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

    मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ भने त्यसै दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर दिउसो ३ बजेदेखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

    यस्तै निर्वाचन कार्यतालिका अनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ । मतदान सुरु हुनुभन्द ४८ घण्टाअघि अर्थात मंसिर १३ गते राति १२ बजेदेखि प्रचारप्रसाद निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।

    upachunab-talika.jpg


    बिहिवार, आश्विन १० २०८१०३:११:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij