Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

“अध्यागमनको छवि सुधार गर्नु आवश्यक छ”

“अध्यागमनको छवि सुधार गर्नु आवश्यक छ”

  • बुधवार, आश्विन ९ २०८१

  • 353
    SHARES

  • “अध्यागमनको छवि सुधार गर्नु आवश्यक छ”

    काठमाडौं। गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षण गर्दै गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नकारात्मक टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै यसतर्फ सचेत हुन आग्रह गर्नुभयो।

    उहाँले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख गर्दै यहाँ हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न उहाँले अध्यागमनका कर्मचारीहरुलाई निर्देशन दिनुभयो।

    गृहमन्त्री लेखकले भन्नुभयो,“अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, यहाँ आउने नागरिकले नेपाल हेर्ने यहीँ हो। बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो”, अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, सहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको उहाँको भनाइ थियो।

    सो अवसरमा त्यहाँ कार्यरत अध्यागमनका कर्मचारीहरुले अध्यागमन कार्यालयका लागि विमानस्थलभित्र ठाउँ अभाव र विभिन्न भौतिक संरचना सुधारको आवश्यकता रहेको उल्लेख गर्दै कर्मचारीलाई समयक्रमअनुसार तालिम तथा प्रशिक्षण आवश्यक रहेको गृहमन्त्री लेखकलाई अवगत गराएका थिए। गृहमन्त्री लेखकका साथमा गृहसचिव गोकर्णमणि दुवाडी रहनुभएको थियो।

     


    बुधवार, आश्विन ९ २०८१०४:३८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij