Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘रविले अनुसन्धान अवरुद्ध गर्न खोजे’

‘रविले अनुसन्धान अवरुद्ध गर्न खोजे’

  • बुधवार, आश्विन ९ २०८१

  • 572
    SHARES

  • ‘रविले अनुसन्धान अवरुद्ध गर्न खोजे’

    काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारी प्रकरणको अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्ने बताउनु भएको छ।

    धनगढीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले रास्वपा र त्यसका सभापति लामिछानेले अनुसन्धानमा निःशर्त सहयोग गर्नुपर्नेमा अनुसन्धान नै अवरुद्ध गर्न खोजेको आरोप लगाउनुभयो ।

    पोखरेलले भन्नुभयो,‘अनुसन्धानलाई नै रोक्ने गरी जुन प्रकारका गतिविधि भइरहेको छ, यो कानुनी राज्यमाथिको उपहास हो,कुनैपनि राजनीतिक दल र नेतृत्वले अभियोग लाग्दा अनुसन्धानमा सहयोग गर्नुपर्छ।’

    अभियोग कति गम्भीर छ भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता–कार्यकर्ताले समेत बुझ्नुपर्ने उहाँले बताउनुभयो। सामाजिक सञ्जालका कारण आमसञ्चार माध्यमहरु संकटमा रहेको बेला सहकारीको रकम दुरुपयोग गरेर महत्वकांक्षाका साथ टेलिभिजन सञ्चालन गरेको प्रष्ट भइसकेको उहाँले बताउनु भयो।

    रविको नाम नलिई उहाँले संकटमा पु¥याउने व्यक्तिले म निर्दोष छु,क्लिन चिट पाएँ भनेर घोषणा गर्नु अनुचित भएको भन्दै सहकारी छानबिन संसदीय समितिले कानुनसम्मत कारबाही गर भनेको विषयलाई क्लिन चिट भनेर प्रचार गर्नु गलत भएको समेत दाबी गर्नुभयो।


    बुधवार, आश्विन ९ २०८१०४:३४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij