Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नागरिकको आक्रोश बढ्दै गएका बेला सरकार समेत आक्रामक (खास खबर)

नागरिकको आक्रोश बढ्दै गएका बेला सरकार समेत आक्रामक (खास खबर)

  • सोमवार, आश्विन ७ २०८१

  • 368
    SHARES

  • नागरिकको आक्रोश बढ्दै गएका बेला सरकार समेत आक्रामक (खास खबर)
    काठमाडौं । पछिल्लो समय सहकारी ठगी प्रकरणमा विभिन्न व्यक्तिहरूको नाम जोडिएसँगै सरकार मुद्दाका आधारमा पक्राउको तयारी गरिरहेको छ । सहकारी पीडितहरूको दिनहुँको आन्दोलनले सरकारलाई समेत दबाब बढेको छ । भ्रष्टाचारको गन्धले आजित बनेका जनताहरूमा पनि उत्तिकै वितृष्णा छाएको छ । जनताको वितृष्णालाई समाधानको पाटोतिर लैजानुको साँटो राज्यले दबाउन खोज्दा विद्रोह जन्मिने खतरा रहेको छ । स्वदेश, विदेशमा समेत सरकारप्रति उत्तिकै आक्रोश रहेको छ । यसैबीचमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरू पनि देशैभरी आन्दोलित बनेका छन् । प्रसाईंले एक महिलाको मानमर्दनमा असर पुर्‍याएको भन्दै प्रहरीले पक्राउ गरेको छ । प्रसाईंका समर्थक अरुण शर्माले उनीमाथि प्रतिशोध साँधेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । 
     
    नेपालमा केही समयदेखि राजनीतिक नेतृत्वप्रति आमनागरिकको वितृष्णा बढेका केही छनकहरू देखिन थालेका छन् । राष्ट्रसंघको ७९ औँ महासभामा भाग लिन न्यूयोर्कमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्रीको स्वागतमा राखेको कार्यक्रम नै स्थगित हुन पुगेको छ । यो एक अन्तर्राष्ट्रिय लज्जाको विषय पनि हो । आफ्नै देशका नागरिकहरूबाट सुरक्षा असंवेदलशीलता बढ्नुले पनि राजनीतिक दलहरूप्रति नेपालीहरूको प्रेम वा द्वेष कतिको छ स्पष्ट झल्किन्छ । परराष्ट्रविद् एवं कूटनीतिज्ञ हेमराज कार्कीले जनताको वितृष्णलाई राज्यले सम्बोधन नगरे सुनामी आउने संकेत गर्नुभयो । 
     
    मुलुकमा स्थायी शान्ति कायम गर्ने र स्थिर सरकारको परिकल्पना गरेर हजारौँ नागरिकले दिएको बलिदानको मूल्य स्थापित हुन सकेको छैन । धेरै नेपालीहरू तातो घाममा बेल्चा चलाउनुपर्ने ठाउँमा पुगेका छन् भने कमाउन गएको छोरा बाकसमा फर्किनुपर्ने बाध्यता रहेको छ । यो नेपालको राजनीतिक परिवर्तनका लागि समेत दुर्भाग्य हो । 
     
     


    सोमवार, आश्विन ७ २०८१०८:१६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij