Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काममा ढिलासुस्ती नगर्न मातहत निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काममा ढिलासुस्ती नगर्न मातहत निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

  • सोमवार, आश्विन ७ २०८१

  • 463
    SHARES

  • काममा ढिलासुस्ती नगर्न मातहत निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन
    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालय अन्तर्गतका विभाग तथा आयोजना प्रमुखलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ ।
     
    उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री समेत रहेका सिंहले मन्त्रालय मातहत कार्यालय प्रमुख र आयोजना प्रमुखलाई सोमबार मन्त्रालयमै बोलाएर यस्तो निर्देशन दिनुभएको हो।
     
    जनताले अनुभूति गर्ने गरी परिणाममुखी भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सहरी विकास मन्त्रालय मातहत सञ्चालित आयोजनाको प्रगति विवरणबारे जानकारी लिँदै सरोकारवालासँग समन्वय गरी काममा द्रुतता दिनुपर्ने बताउनुभयो ।
     
    ‘कुन आयोजनाको अवस्था के छ ? समस्या के छ ? भनेर बुझ्न छलफल राखेका हौं । टिम वर्कका खपमा अघि बढेर परिणाम दिनुपर्‍यो,’ कार्यवाहक प्रधानमन्त्री सिंहले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूसँग भएको कार्यसम्पादन सम्झौतालाई आधार मानेर क्यालेन्डर बनाएर काम गर्नुस् ।’
     
    सोही क्रममा उपप्रधानमन्त्री सिंहले काममा समस्या भए मन्त्रालयले समन्वय गर्ने भन्दै नतिजा आउने गरी आउने दिनमा प्रभावकारी काम गर्न आग्रह गर्नुभयो।
     
    कार्यालय प्रमुखहरूले भइरहेका कामको प्रगति विवरण र काममा भोग्नुपरेका चुनौती तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कारण भइरहेको जटिलताबारे जानकारी गराउनुभएको थियो ।
     
    छलफलमा सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले विभागका प्रमुखहरू र आयोजना प्रमुखहरूलाई नतिजामुखी हुने गरी काममा लाग्न आग्रह गर्नुभयो।
     
    त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभाग, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं उपत्यका विकास प्राधिकरण, स्थानीय पूर्वाधार विभाग, राष्ट्रिय आवास कम्पनी लिमिटेड, संघीय सचिवालय निर्माण तथा व्यवस्थापन लगायत मन्त्रालय मातहत विभागका प्रमुख तथा प्रतिनिधि छलफलमा उपस्थित थिए ।


    सोमवार, आश्विन ७ २०८१०२:३०:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij