Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्यूयोर्कमा भेटवार्ता हुँदै, दुई देशबीचको सम्बन्ध चिसिएको चर्चा (खास खबर)

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्यूयोर्कमा भेटवार्ता हुँदै, दुई देशबीचको सम्बन्ध चिसिएको चर्चा (खास खबर)

  • आइतवार, आश्विन ६ २०८१

  • 518
    SHARES

  • प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच न्यूयोर्कमा भेटवार्ता हुँदै, दुई देशबीचको सम्बन्ध चिसिएको चर्चा (खास खबर)
    काठमाडौं । अमेरिका भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ । प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री ओलीको यो पहिलो भ्रमण पनि हो । अमेरिकामा रहँदा विभिन्न कूटनीतिक नियोगका अधिकारीहरूसँगको भेटका साथै विभिन्न फोरमहरूमा उहाँको सम्बोधन रहनेछ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुट्रेससँग ओलीको भेट भइसकेको छ । उहाँको भ्रमणलाई लिएर नेपालमा विभिन्न खाले बहस पनि भएका छन् । पहिलो भ्रमण भारतबाट हुनुपर्ने भन्दै अधिकांशले सम्बन्ध चिसिएको समेत बताएका थिए । यद्यपि मोदीलाई भेट्न आज प्रधानमन्त्री ओली न्युयोर्कस्थित उहाँ बसेको होटेलमा जाने कार्यसूची रहेको छ । पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतमै गएर समकक्षीसँग भेट्नु र साइडलाइनमा भेट्नु धेरै फरक हुने बताउनुभयो । यो भेटले नेपालका एजेन्डाहरूलाई कार्यान्वयनमा नलैजाने उहाँको संकेत छ । 
     
    छिमेकीलाई कहिल्यै पनि फेर्न सकिँदैन, उ सँगको व्यवहार र मित्रता सकारात्मक भयो भने बहार, बिग्रियो भने समस्या निम्तिन सक्छ । यसपालि प्रधानमन्त्री ओलीलाई भारतले निम्तो नदिनुले दुई देशबीचको सम्बन्धमा समस्या सिर्जना भएको आकंलन भएको छ । नेकपा एमालेका कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले ओलीको पहिलो भ्रमण भारत नहुनुलाई ठूलो ईस्यू नबनाउन आग्रह गर्नुभएको छ । 
     
    नेपाल र भारत दुई छिमेकी राष्ट्र हुन् । यी दुई देशबीचको सम्बन्ध सदियौँ देखि पारस्परिक रहँदै आएको छ । केही ससाना मतमतान्तरमा भारतले असमान व्यवहार देखाउँदै पनि आएको छ । विश्व शक्तिमान भएर उदाउँदै गएको राष्ट्र भारत र कसैको उपनिवेश नरहेको नेपालबीचको सम्बन्धमा मित्रता जगाइराख्न सक्नु आजको प्रमुख चुनौती हो । 
     
     
     
     
     


    आइतवार, आश्विन ६ २०८१०८:१७:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij