काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ ।
उनलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताउनुभयो।
प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् ।
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।