Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सरकार जनउत्तरदायी बन्नुपर्छ : पूर्वमन्त्री खड्का

सरकार जनउत्तरदायी बन्नुपर्छ : पूर्वमन्त्री खड्का

  • आइतवार, आश्विन ६ २०८१

  • 433
    SHARES

  • सरकार जनउत्तरदायी बन्नुपर्छ : पूर्वमन्त्री खड्का

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. नारायण खड्काले वर्तमान सरकार कतै जनउत्तरदायी बन्न नसक्ने पो होकी भन्ने आशंका जन्मिएको बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै खड्काले यस्तो बताउनु भएको हो ।

    पूर्वमन्त्री खड्काले वर्तमान कांग्रेस एमाले नेतृत्वको सरकारलाई चङ्गा र डोरीको रुपमा तुलना गर्दै सरकार माथीमाथी र जनताका समस्या तल भुईँमै रहने जोखिम बढेको बताउँदै उहाँले यसमा दुबै दल र नेतृत्वकर्ताहरु सर्तक र सचेत बन्नुपर्ने बताउनु भयो।

    अहिलेको सरकारबाट धेरै ठुलो उपलब्धीको आशा नभएपनि जनताका आधारभुत आवश्यकता र समस्या सम्बोधनका लागी वाधक बनेका ऐन कानुन लाई संविधान संशोधन मार्फत निकास निकाल्ने विश्वास व्यक्त गर्नुभयो।

    फरक प्रसंगमा उहाँले संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री ओलीले नेपाल जलवायु परिवर्तनले मारेको असरको मारमा परेकोले यसतर्फ गम्भिर रुपले प्रस्तुत हुनुपर्ने बताउनुभयो। यसका लागी प्रधानमन्त्रीले आवश्यक तयारी गरेरै न्यूयोर्क प्रस्थान गरेको हुनुपर्ने विश्वास लिनुभयो।

     


    आइतवार, आश्विन ६ २०८१०७:४४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij