Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली अमेरीकामा, भारतिय समकक्षी मोदीसंग पनि भेटवार्ता हुने निश्चित,ओली–मोदीबिचको भेटवार्ताबारे चौतर्फी चासो(खासखबर)

प्रधानमन्त्री ओली अमेरीकामा, भारतिय समकक्षी मोदीसंग पनि भेटवार्ता हुने निश्चित,ओली–मोदीबिचको भेटवार्ताबारे चौतर्फी चासो(खासखबर)

  • शनिवार, आश्विन ५ २०८१

  • 840
    SHARES

  • प्रधानमन्त्री ओली अमेरीकामा, भारतिय समकक्षी मोदीसंग पनि भेटवार्ता हुने निश्चित,ओली–मोदीबिचको भेटवार्ताबारे चौतर्फी चासो(खासखबर)

    काठमाडौं। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर अमेरीकाको न्यूयोर्कमा हुनुहुन्छ ।प्रधानमन्त्री ओलीले भोलि समिट अफ द फ्यूचर’ सम्मेलनलाई र असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    यसैगरी उहाँले महासभामा सहभागी विभिन्न देशका प्रतिनिधि तथा विकास साझेदारसँग ’साइडलाइन’ वार्ता गर्नुहुने कार्यक्रम तय भएको छ। न्यूयोर्कमा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच पनि द्विपक्षीय भेटवार्ता हुने भएको छ। दुई प्रधानमन्त्रीबीच भेटवार्ताका लागि यसअघि नेपाली पक्षले विभिन्न तहबाट पहल गदै आएको थियो।

    परराष्ट्र स्रोतका अनुसार लामो समयदेखि साइडलाइनमा भेटवार्ताको लागि गृहकार्य भएपनि भारतीय पक्षबाट दुई प्रधानमन्त्रीबीच भेटवार्ता हुने सक्ने सन्देश शुक्रबार प्राप्त भएको हो। स्थानीय समयअनुसार आइतबार ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ।

    नेकपा एमालेका नेता तथा विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच साईडलाईनमा द्विपक्षीय भेटवार्ता हुने र गहन बिषयमा छलफल हुने बताउनुहुन्छ।

    चौथो पटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ। मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य पनि गरेको छ। दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउनको लागि नेपाली पक्षले विभिन्न तहबाट पहल गरेको थियो।

    साईडलाईन भेटवार्तामा के के बिषयमा छलफल हुन्छ हुन्छ त? भन्ने प्रश्नमा एमाले नेता डाक्टर भट्टराईले द्विपक्षीय मामलाका विषयमा कुराकानी हुने बताउनुहुन्छ ।भारतले कतिपय पक्षमा सहयोग गरोस् भन्ने चाहना नेपालको भएको र छोटो समयमा पनि भारत र नेपालका प्रधानमन्त्रीबीच हुने भेटवार्ता महत्वपुर्ण नै हुने तर्क उहाँको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन जानुअघि नेपालले त्यहाँ प्रस्तुत गर्ने विषयमा यसअघि संसद्लाई जानकारी गराउनुभएको थियो।प्रधानमन्त्री ओलीले नेपालको तटस्थ परराष्ट्रनीति र कसैसँग शत्रुतापूर्ण सम्बन्ध नरहेको विषय पनि राष्ट्रसङ्घको महासभामा स्पष्ट पारिने संसद्लाई जानकारी गराउनुभएको थियो।

    प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पु¥याइरहेको असरबारे संयुक्त राष्ट्रसङ्घमा नेपाली प्रतिनिधिमण्डलले ध्यानाकर्षण गराउने पनि बताउनु भएको छ। प्रधानमन्त्री ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    यसैगरीे महासभामा सहभागी विभिन्न देशका प्रतिनिधि तथा विकास साझेदारसँग ’साइडलाइन’ वार्ता पनि हुने भएकाले प्रधानमन्त्रीले नेपालका विभिन्न पक्षका महत्वपुर्ण सवाल उठाउनुहुनेछ ।यसअघि नै क्यानडा पुगेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवा उतैबाट न्युयोर्क जानुहुने छ। प्रधानमन्त्री ओलीसहितको प्रतिनिधि मण्डलको टोली आगामी असोज १४ गते स्वदेश फर्कने कार्यक्रम छ।


    शनिवार, आश्विन ५ २०८१०८:०६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij