Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आर्थिक प्रगति र पर्यावरण संरक्षण सन्तुलित बनाउछौं : अर्थमन्त्री पौडेल

आर्थिक प्रगति र पर्यावरण संरक्षण सन्तुलित बनाउछौं : अर्थमन्त्री पौडेल

  • शनिवार, आश्विन ५ २०८१

  • 439
    SHARES

  • आर्थिक प्रगति र पर्यावरण संरक्षण सन्तुलित बनाउछौं : अर्थमन्त्री पौडेल

    काठमाडौं। उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक प्रगति र पर्यावरण संरक्षणलाई सन्तुलितरुपमा अगाडि बढाइने बताउनु भएको छ।

    आज त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलनलाई सम्बोधन गर्दै उहाँले आर्थिक प्रगति र पर्यावरण संरक्षण सन्तुलित हुनुपर्ने बताउनुभयो। उहाँले यसबारेमा बिगतमा केही त्रुटी भए पनि अब त्यसलाई नदोहो¥याउने बताउनुभयो ।

    विश्वले विकास र पर्यावरणीय दिगोपन बीच सन्तुलन मिलाउन चुनौती सामना गरिरहेको भन्दै उहाँले जलवायु परिवर्तन, जैविक विविधताको ह्रास, वन विनाश, प्रदूषण र प्राकृतिक स्रोतको अत्यधिक दोहन जस्ता समस्या पर्यावरणीय चुनौती मात्र नभइ अर्थतन्त्र, सुरक्षा, र सामाजिक स्थायित्वका लागि पनि गम्भीर खतराका विषय भएको बताउनुभयो ।

    कृषि, जलविद्युत र पर्यटनमा आधारित नेपालको अर्थतन्त्रलाई जलवायु परिवर्तनको प्रभावले धेरै चुनौती ल्याएको उहाँको भनाइ छ। उहाँले अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्य गरी हरित जलवायु कोष जस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्ने बताउनुभयो ।

     


    शनिवार, आश्विन ५ २०८१०४:१९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij