Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओलीले अमेरिकामै मोदीसँग भेटवार्ता गर्ने

प्रधानमन्त्री ओलीले अमेरिकामै मोदीसँग भेटवार्ता गर्ने

  • शनिवार, आश्विन ५ २०८१

  • 562
    SHARES

  • प्रधानमन्त्री ओलीले अमेरिकामै मोदीसँग भेटवार्ता गर्ने

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामै भेटवार्ता हुने भएको छ। संयुक्त राष्ट्र संघको ७९ औं महासभाको दौरान न्युयोर्कमा द्विपक्षीय साइडलाइनमा भेटवार्ता हुने तय भएको हो।

    भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइनमा द्विपक्षीय भेटवार्ताको लागि नेपालले केही समयअघिदेखि नै प्रस्ताव गरेपनि नयाँ दिल्लीको तर्फबाट सकारात्मक जवाफ आइसकेको थिएन।

    तर नेपालका प्रधानमन्त्री ओली न्युयोर्क पुग्नुअघि भारतीय पक्षले मोदी द्विपक्षीय भेटवार्ताको लागि तयार गरेको सन्देश दिएको हो। अब भोली ओली र मोदीको साइडलाइनमा द्विपक्षीय भेटवार्ता हुनेछ।

    चौथोपटक ओली प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हुनेछ। मोदीसँग भेटवार्ता हुने भएपछि नेपाली पक्षले त्यसको लागि आवश्यक गृहकार्य पनि गरेको छ ।दुई प्रधानमन्त्रीबीच भेटवार्ता गराउनको लागि नेपाली पक्षले विभिन्न तहबाट पहल गरेको थियो।

    परराष्ट्रमन्त्री आरजु राणा देउवादेखि न्युयोर्कस्थित राष्ट्र संघका लागि नेपाली प्रतिनिधि लोकबहादुर थापा तथा नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई पनि परिचालन गरिएको थियो। भदौ २५ बाट महासभा सुरु भइसकेको छ। महासभाको उच्चस्तरीय छलफल असोज ८ देखि १२ सम्म चल्दैछ।


    शनिवार, आश्विन ५ २०८१०४:११:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij