काठमाडौं। राज्य व्यबस्था तथा सुशासन समिति सभापति रामहरी खतिवडाले संविधान संशोधन गरि समय सापेक्ष बनाउनु पर्ने बताउनु भएको छ।
नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै सभापति खतिवडाले संविधान जारी गर्ने बेलामा पनि केही प्रसङ्ग नमिल्दा नमिल्दै पनि जारी गरिएकोले पनि अहिले यतिबेला संशोधनको आवाज उठ्न थालेकोले यसतर्फ सोच्नुपर्ने बताउनुभयो ।
सभापति खतिवडाले संविधानमा के कस्ता कमिकमजोरी रहेका छन् गहन अध्ययन गरि सर्वमान्य बनाउनुपर्नेमा जोड दिनुभयो। आज संविधान जारी भएको नौ वर्षमै शिर्ष नेताहरु तथा सरकारका उच्च पदस्थ व्यक्तिहरुले खुलेआम यात्रा गर्न समेत चुनौति देखिन थालेको भन्दै यसतर्फ पनि कहाँ, कसले कसरी, के कुरामा चुकिरहेको छ र राज्य के कसरी जिम्मेवार बन्न आवश्यक छ त्यसतर्फ सोच्नुपर्ने बेला आएको तर्क गर्नुभयो ।
विक्रम सम्वत् २०७३ साल असोज ३ गते संविधान दिवसको दिनदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेपाली रेडियो नेटवर्कले आफ्नो वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा आज(बिहिबार)काठमाडौंको नयाँ बानेश्वरस्थीत अल्फाविटामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान कार्यान्वयनका सबलता र जटिलताका विषयमा विज्ञसँगै राजनैतिक दलका नेताहरुसँग छलफल गरेको हो।