Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘यथास्थितिमै संविधान कार्यान्वयनमा ध्यान दिनुपर्छ’ : देव गुरुङ्ग

‘यथास्थितिमै संविधान कार्यान्वयनमा ध्यान दिनुपर्छ’ : देव गुरुङ्ग

  • बिहिवार, आश्विन ३ २०८१

  • 348
    SHARES

  • ‘यथास्थितिमै संविधान कार्यान्वयनमा ध्यान दिनुपर्छ’ : देव गुरुङ्ग

    काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले यथास्थितिमै संविधान कार्यान्वयनतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।

    नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेता गुरुङ्गले अहिलेको अवस्थामा पश्चगमनतिर जान नसकिने भएकोले यथास्थितिमा कार्यान्वयन पट्टी ध्यान दिनुपर्ने बताउनु भएको हो।

    यस्तै नेता गुरुङ्गले माओवादी अग्रगामी दिशामा जानका लागि मात्रै संविधान संशोधनमा तयार हुनसक्ने तर्क गनुभयो। नेपाली जनताहरुको ठुलो बलिदानीबाट प्राप्त उपलब्धी अहिले संकटमा परेकोले यसको रक्षामा सबै जुट्नुपर्ने बताउनुभयो।

    विक्रम सम्वत् २०७३ साल असोज ३ गते संविधान दिवसको दिनदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेपाली रेडियो नेटवर्कले आफ्नो वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा आज(बिहिबार)काठमाडौंको नयाँ बानेश्वरस्थीत अल्फाविटामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान कार्यान्वयनका सबलता र जटिलताका विषयमा विज्ञसँगै राजनैतिक दलका नेताहरुसँग छलफल गरेको हो।


    बिहिवार, आश्विन ३ २०८१०६:१०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij