Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

‘संविधान कार्यान्वायनमा दलहरु जिम्मेवार बन्न सकेनन्’: डा चन्द्र भण्डारी

‘संविधान कार्यान्वायनमा दलहरु जिम्मेवार बन्न सकेनन्’: डा चन्द्र भण्डारी

  • बिहिवार, आश्विन ३ २०८१

  • 438
    SHARES

  • ‘संविधान कार्यान्वायनमा दलहरु जिम्मेवार बन्न सकेनन्’: डा चन्द्र भण्डारी

    काठमाडौं। नेपाली कांग्रेसका नेता एवं प्रतिनिधी सभा सदस्य डा. चन्द्र भण्डारीले नेपालको संविधान लागू सबै दलहरु जिम्मेवार बन्न आवश्यक रहेको बताउनु भएको छ।

    नेपाली रेडियो नेटवर्कको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तक्रिया कार्यक्रममा सम्बोधन गर्दै उहाँले संविधान लागू गर्न र कार्यान्वयनका लागि हरेक पार्टी र तिनमा अब्बल नेताहरु जिम्मेवार बन्न आवश्यक रहेको बताउनुभएको हो।

    देशमा रहेका हरेक वर्ग, जातजाती र समुदायको समस्या पहिचान गरि समाधानका उपायसहित निति निर्माणका लागी आवश्यक ऐन कानुन समावेश गरि विश्वमै उत्कृष्ट संविधान निर्माण गरेपनि कार्यान्वायनको पाटो सबल बन्न नसक्दा समस्या भएको बताउनुभयो।आज नेपालमा रहेका दल र नेताहरु जिम्मेवार बन्न नसकेकोले व्यबस्थामाथी नै प्रश्न उठ्न थालेको समेत तर्क गर्नुभयो ।

    विक्रम सम्वत् २०७३ साल असोज ३गते संविधान दिवसको दिनदेखि औपचारिक प्रसारण आरम्भ गरेको नेपाली रेडियो नेटवर्कले आफ्नो वार्षिकोत्सवसँगै संविधान जारी भएको नवौँ वर्ष पूरा भई दशौँ वर्ष प्रवेश गरेको अवसरमा आज(बिहिबार)काठमाडौंको नयाँ बानेश्वरस्थीत अल्फाविटामा ‘संविधान संशोधनः आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी संविधान कार्यान्वयनका सबलता र जटिलताका विषयमा विज्ञसँगै राजनैतिक दलका नेताहरुसँग छलफल गरेको हो।


    बिहिवार, आश्विन ३ २०८१०६:०३:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij