Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रास्वपाभित्र रविको पापको भारी कसले बोक्ने भन्ने प्रतिस्पर्धा छः गगन थापा

रास्वपाभित्र रविको पापको भारी कसले बोक्ने भन्ने प्रतिस्पर्धा छः गगन थापा

  • बुधवार, आश्विन २ २०८१

  • 501
    SHARES

  • रास्वपाभित्र रविको पापको भारी कसले बोक्ने भन्ने प्रतिस्पर्धा छः गगन थापा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपामा सभापति रवि लामिछानेको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा चलेको बताउनु भएको छ।

    आज पार्टी कार्यालयमा देशभर अभियान लिएर जान लागेका प्रतिनिधिलाई निर्देशन दिँदै महामन्त्री थापाले सहकारी ठगीसम्बन्धी छानबिन समितिको प्रतिवेदनपछि रास्वपामा यस्तो होडबाजी चलेको टिप्पणी गर्नुभएको हो।

    थापाले छानबिन समितिले करोडौं ठगी गरेको प्रमाणसहित कारबाहीको सिफारिस गरेपनि सभापति लामिछानेले गरेको पापको भारी कसले बोक्ने भन्ने प्रतिस्पर्धा भएको बताउँदै थापाले भन्नुभयो,‘मेरो सभापति साथीले कीर्ते गर्नुभएको छ, ठग्नुभएको छ, मुद्दा चलाउनुपर्छ भनेर रास्वपाकै सदस्यले सही गरेर आउनुभएको छ। बाहिर आएपछि मैंले राम्रोसँग काम गरेर आएँ सभापति क्लिन हुनुहुन्छ भन्छन्। अरु ताली बजाउँछन्। उहाँले खानुभएको हो । तर पस्किएको होइन, खानुभएको छ। सिधा होइन घुमाएर खानुभएको हो भनेका छन् । फेरि परर्र ताली बज्छ ।’

    महामन्त्री थापाले थप्नुभयो,‘छानबिन समितिले बकाइदा ठगी गरेको छ भनेर कारबाहीको सिफारिस गरेको छ। तर रास्वपामा अध्यक्षको पापको भारीले कसले बोक्ने भन्नेमा प्रतिस्पर्धा छ। कसले बढी ताली बजाउने भन्नेमा प्रतिस्पर्धा छ।’

     


    बुधवार, आश्विन २ २०८१०५:५९:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij