Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रवीजीले सहकारीको पैसा अपचलन गरेको पुष्टि भयो : सभापति देउवा

रवीजीले सहकारीको पैसा अपचलन गरेको पुष्टि भयो : सभापति देउवा

  • बुधवार, आश्विन २ २०८१

  • 657
    SHARES

  • रवीजीले सहकारीको पैसा अपचलन गरेको पुष्टि भयो : सभापति देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको प्रतिक्रिया दिनुभएको छ।

    आज कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा ’एक महिने विशेष अभियान’को शुभारम्भ गर्दै सभापति देउवाले संसद्मा रास्वपा सभापतिबारे कांग्रेसले उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको दाबी गर्नुभयो।

    उहाँले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई अपत्यारिलो लागेको भएपनि सहकारी छानबिन समितिको अध्ययनपछि ठगी गरेको पुष्टि भएको बताउनुभयो।

    संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगनकुमार थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति धन्यवाद दिनुभयो।

    रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको भन्दै सभापति देउवाले भन्नुभयो,‘सहकारी सम्बन्धी कुरा हाम्रो महामन्त्री गगनकुमार थापाले धेरै अध्ययन गरेर भन्नुभएको छ। उहाँलाई धन्यवाद दिन चाहन्छु, मैले त पत्याएकै थिइनँ, यस्तो छ भनेर। सहकारीको विषय। मैले वास्तवमा पत्याएकै थिइनँ। रवि लामिछानेजी त कस्तो मान्छे हुनुहुँदो रहेछ भने धेरै चलाख मान्छे। म त छक्कै परेँ कुरा सुनेर।’

     


    बुधवार, आश्विन २ २०८१०५:११:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij