Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिवेदनले स्पष्ट रूपमा भनेको कुरा स्वीकार्न रविको आग्रह

प्रतिवेदनले स्पष्ट रूपमा भनेको कुरा स्वीकार्न रविको आग्रह

  • मंगलवार, आश्विन १ २०८१

  • 604
    SHARES

  • प्रतिवेदनले स्पष्ट रूपमा भनेको कुरा स्वीकार्न रविको आग्रह

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय छानबिन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको दोहोर्‍याउनुभएको छ । समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उहाँले बताउनुभयो ।

    रास्वपाको आज सुरू भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले प्रतिवेदनले स्पष्टरूपमा भनेको कुरा स्वीकार्न केही मानिसहरूलाई गाह्रो भइरहेको समेत टिप्पणी गर्नुभयो । आफूमाथि निरन्तर प्रहार भइरहे पनि आफू नढल्ने उहाँले बताउनुभयो ।

    लामिछानेको भाषणको एक अंशः

    हामीमाथि, विशेषगरी ममाथि धेरै आरोप लागे । हिजो समितिले आफ्नो रिपोर्ट बुझायो । त्यसमा स्पष्टसँग मूल आरोपका विषयमा भन्यो । तर, मानिसहरूलाई चित्त बुझेन । किनभने मलाई डेढ वर्षदेखि ठगको आरोप लगाइरहेका थिए । सहकारी ठगीको आरोप लगाइरहेका थिए । प्रतिवेदनले स्पष्ट भन्यो कि त्यो किसिमको क्रियाकलापमा रवि लामिछानेको संलग्नता छैन । तर, भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग भनेको कुरासँग सरोकार छैन । यति कुरा स्वीकार गर्न किन गाह्रो भएको हो ?

    सहकारीको पैसा अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन । त्यो पुष्टि भएन । प्रमाण भएन । त्यसपछि गोर्खा मिडियाका लागि जिम्मेवारी लिनुपर्छ भनिएको छ । यो स्वीकार्न के गाह्रो । तर, यति पनि स्वीकार गरिएन । देशलाई भ्रममा पार्ने काम भएको छ । केही सञ्चारकर्मी मित्रलाई अपिल गर्न चाहन्छु, यो देशको पत्रकारिता जोगाइदिनुस् । मलाई नङ्ग्याउने निहुँमा तपाईंहरू ननांगिदिनुस् ।


    मंगलवार, आश्विन १ २०८१०२:०४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij