Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सहकारीसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन सरकारलाई बुझायो, अपचलनमा रविको पनि संलग्नता (खास खबर)

सहकारीसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन सरकारलाई बुझायो, अपचलनमा रविको पनि संलग्नता (खास खबर)

  • सोमवार, भाद्र ३१ २०८१

  • 500
    SHARES

  • सहकारीसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन सरकारलाई बुझायो, अपचलनमा रविको पनि संलग्नता (खास खबर)
    काठमाडौं । संसदीय छानबिन विशेष समितिले लामो समयको अध्ययनपछि आज संसद्मा प्रतिवेदन पेश गरेको छ । सरकारबाट अख्तियारी पाएका २९ सहकारीसहित अन्य ११ वटा सहकारीको पनि अनुसन्धान गरेर समितिले प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा सहकारीको रकम गोर्खा मिडिया नेटवर्क मार्फत भएको अपचलनमा रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकालेको छ । समितिका सदस्य लेखनाथ दाहालका अनुसार सहकारीको रकम जीबी राईले गोर्खा मिडिया नेटवर्कमा पुर्‍याउने काम गरेका थिए । तर त्यसरी आएको रकम भने रवि मार्फत खर्च भएको छ ।
     
    गोर्खा मिडियामा जीबी राई अध्यक्ष र रवि प्रबन्ध निर्देशक थिए । गोर्खा मिडियाका तीन सञ्चालक (जीबी, रवि र छविराज जोशी)ले संयुक्त खाता खोलेका थिए । तर रवि प्रबन्ध निर्देशक रहेको १४ महिनाको अवधिमा एउटा चेक बाहेक सबैमा रवि लामिछानेले नै हस्ताक्षर गरेको पाइएको छ । समिति सभापति सूर्य थापाले लामो समयको अनुसन्धानपछि सहकारी क्षेत्रका समस्याहरूलाई उजागर गर्न सफल भएको दाबी गर्नुभयो । 
     
    समितिले बुझाएको प्रतिवेदनपछि प्रतिक्रिया दिँदै रास्वपाका सभापति रवि लामिछानेले आफ्नो संलग्नता नरहेको प्रष्ट भएको बताउनुभयो । 
     
    ८ अर्ब पुँजी अपचलन हुँदा पनि सहकारी सम्बन्धी विज्ञ, विशेषज्ञ र राज्यका निकाय तलब भत्ता खाने क्रियाकलापमा मात्रै सीमित रहेको अनुसन्धानबाट पत्ता लागेको छ । राज्यका निकायलाई दबाब र प्रभावमा राखेर सहकारी ठगी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  राज्यका नियामक निकायदेखि तत्कालीन बेलाको सरकार समेत सहकारी अनियमिततामा मुखदर्शक बनिदिएको समिति सदस्यहरूको आरोप रहेको छ । सहकारी ठगहरूलाई कारबाही मात्रै नगरी सम्पूर्ण अनियमितता गरेको रकम भराएर पीडितलाई न्याय दिनु आजको आवश्यकता हो । 
     
     
     


    सोमवार, भाद्र ३१ २०८१०८:०३:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij