Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश

  • सोमवार, भाद्र ३१ २०८१

  • 554
    SHARES

  • सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेश
    काठमाडौं । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले तयार गरेको छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।  सोमबार नै समितिले सर्वसम्मत पारित गरेको प्रतिवेदन सभापति सूर्य थापाले  बैठकमा पेश गर्नुभयो । समितिले जेठ २३ गतेबाट काम थालेको थियो ।
     
    समितिले ६६ वटा बैठक सञ्चालन गरेको थियो । बैठकले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो । ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिनुभयो । उहाँले ५५ जनासँग सोधपुछ गरेका जानकारी दिनुभयो । फरार सूचीमा रहेका २ जनाहरूको भनाईलाई पनि समेटेको उहाँले जानकारी दिनुभयो ।
     
    ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको छन् । बचत तथा सहकारीमा सबैभन्दा बढी समस्या देखिएको सभापति थापाले बैठकमा जानकारी दिनुभयो ।
     
    सभापति थापाले पार्टी भन्दामाथि उठेर तथ्यमा आधारित प्रतिवेदन बनाइएको जानकारी दिनुभयो । अन्त्यमा प्रतिवेदनबारे जानकारी दिँदै सभापति थापाले ६६ वटा बैठक गरिएको र उक्त बैठकमा पीडितदेखि प्रधानमन्त्रीसम्मलाई बोलाएर छलफल गरिएको जानकारी दिनुभयो ।
     
    १४ वटा सुझाव दिएको सभापति थापाले जानकारी दिनुभयो। गोरखा मिडियाको रकमबारे ८ वटा सुझाव पेश गरेको जानकारी दिनुभयो ।
     
    ‘सहकारीका सम्बन्धमा विवाह, सम्बन्ध विच्छेद, लेखपरीक्षण रिपोर्ट फेक छन्, इमानविपरीत काम गरिएका छन्’ सभापति थापाले भन्नुभयो ।
     
    छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रूप दिन आइबार बिहान १० बजे सुरु भएको बैठक राति पौने ३ बजेसम्म चलेको थियो । करिब १७ घण्टाको छलफलपछि बैठक सहमतिमा सकिएको थियो । त्यसपछि समितिको प्रतिवेदन अन्तिम रूप दिई हस्ताक्षर गर्न सोमबार बैठक बसेको थियो ।
     
    संयोजक थापाले निष्पक्षरूपमा अनुसन्धान गरेर प्रतिवेदन तयार गरेको बताउनुभयो। पार्टीगत स्वार्थभन्दा मागी उठेर सहकारी प्रकरणमा छानबिन गर्दै दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरिएको उहाँले बताउनुभयो। समितिले तथ्य केलाउने काम गर्दै दोषीलाई अपराधको भागी बनाउन सिफारिस गरिएको उहाँको भनाइ छ।
     
    समितिले  ४० वटा सहकारीबाट ८७ अर्ब अपचलन भएको ठहर गर्दै प्रतिवेदन तयार गरेको छ भने सहकारी ठगीसँग सम्बन्धित विषयमा सरकारलाई सुझाव र कारबाही सिफारिस गरिएको छ।
     


    सोमवार, भाद्र ३१ २०८१०३:१५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij