Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई सिफारिस

मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई सिफारिस

  • आइतवार, भाद्र ३० २०८१

  • 658
    SHARES

  • मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न सरकारलाई सिफारिस
    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते तोक्न सरकारलाई सिफारिस गरेको छ। आइतबार(आज) प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न आग्रह गर्नुभएको हो ।
     
    स्थानीय तहमा हाल: रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।
     
    भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिट्टै मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरूपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गर्नुभएको थियो ।
     
    आयोग पदाधिकारीसँगको भेटमा प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।


    आइतवार, भाद्र ३० २०८१०५:४४:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij