Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काँग्रेसको शिवाकोटी नेतृत्वको विभागमा दश सदस्य मनोनीत

काँग्रेसको शिवाकोटी नेतृत्वको विभागमा दश सदस्य मनोनीत

  • आइतवार, भाद्र ३० २०८१

  • 873
    SHARES

  • काँग्रेसको शिवाकोटी नेतृत्वको विभागमा दश सदस्य मनोनीत

    काठमाडौं। नेपाली काँग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग आज गठन गरिएको छ ।

    कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य अजयवावु शिवाकोटीलाई केही हप्ता अगाडि विभागीय प्रमुख नियुक्त गर्नु भएकोमा आज १० जना सदस्य मनोनयन गरेर विभाग गठन गर्नु भएको हो ।

    विभागको सदस्यमा काठमाडौका पूर्णलाल श्रेष्ठ, कैलालीका पुष्पराज जोशी, दोलखाका डा. राजेन्द्र श्रेष्ठ, अछामका नृप साउँद, महोत्तरीका प्रकाश राय, सिन्धुपाल्चोकका महेन्द्र लामा, सुनसरीका विपिन किरण, अर्घाखाँचीका आयुष गौतम, स्याङ्जाकी चन्दा क्षेत्री र पश्चिम रुकुमका प्रविर ददेल रहनु भएको छ ।

    सदस्य मनोनयन नहुदै पनि विभिन्न अध्ययन, अनुसन्धान, चिन्तन मनन र समिक्षात्मक कार्यक्रमहरु गर्दै आइरहेको विभागले चाडै बैठक बसेर कार्ययोजना बनाउने र विभिन्न कार्यक्रमहरु धमाधम सञ्चालन गर्ने विभागीय प्रमुख शिवाकोटीले जानकारी दिनुभयो ।  


    आइतवार, भाद्र ३० २०८१०१:१९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij