Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

कुनैपनि हालतमा संसद बैठक चल्न दिदैनौंः सांसद सापकोटा

कुनैपनि हालतमा संसद बैठक चल्न दिदैनौंः सांसद सापकोटा

  • आइतवार, भाद्र ३० २०८१

  • 552
    SHARES

  • कुनैपनि हालतमा संसद बैठक चल्न दिदैनौंः सांसद सापकोटा

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले कुनैपनि हालतमा आजको संसद बैठक चल्न नदिने अडान कायम राखेको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले यस्तो बताउनुभएको हो ।

    केहि समय अगाडी एमाले सांसद योगेश भट्टराईले संसदमा संबोधनका क्रममा प्रयोग गरेको हिंसा शव्द संसदको रेकर्डबाट नहटाएसम्म सदन चल्न नदिने अडान कायम रहेको माओवादी सांसद सापकोटाले बताउनु भयो।

    उहाँले सरकार अलोकतान्त्रीक ढंगबाट अगाडी बढेको र सभामुख देवराज घिमिरे पनि अमुक पार्टीको भुमिका निर्वाह गरेको आरोप लगाउनु भयो। बर्तमान सरकार आफ्ना काण्डहरु जोगाउन बनेको गठजोड रहेको र आफ्ना स्वार्थ पूर्तिकै लागी उपसभामुख इन्दिरा रानालाई हटाउन खोजेको नेता सापकोटाले दावी गर्नुभयो।

    उहाँले उपसभामुख रानाको विषयमा स्पष्ट नभएसम्म र संसदको रेकर्डबाट हिंसा शव्द नहटाएसम्म सदन चल्न नदिने निर्णयमा प्रतिपक्षी माओवादी केन्द्र अडिग रहेको बताउनुभयो ।


    आइतवार, भाद्र ३० २०८१०९:२९:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij