Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

जनयुद्धभित्र भएका हिंसा र अपराधलाई लिएर एमाले–माओवादीको वादप्रतिवाद कायमै, अपराधै भएको माओवादी पूर्वनेताहरूको तर्क (खास खबर)

जनयुद्धभित्र भएका हिंसा र अपराधलाई लिएर एमाले–माओवादीको वादप्रतिवाद कायमै, अपराधै भएको माओवादी पूर्वनेताहरूको तर्क (खास खबर)

  • शनिवार, भाद्र २९ २०८१

  • 801
    SHARES

  • जनयुद्धभित्र भएका हिंसा र अपराधलाई लिएर एमाले–माओवादीको वादप्रतिवाद कायमै, अपराधै भएको माओवादी पूर्वनेताहरूको तर्क (खास खबर)
    काठमाडौं । सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रबीच जनयुद्धको विषयलाई लिएर वादप्रतिवाद भइरहेका बेला पूर्व माओवादी कमान्डरहरूले समेत तत्कालीन समयमा अपराध, हिंसा भएको स्वीकार गरेका छन् । सशस्त्र द्वन्द्वको औचित्य पुष्टि नभइरहेका बेला पूर्वमाओवादीहरू पनि हिंसाले मुलुकलाई तहसनहस बनाएको बताउन थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धको मूल मर्मलाई मार्ने काम गरेकोले अहिले सशस्त्र द्वन्द्वको अवमूल्यन भइरहेको माओवादी नेताहरूको तर्क रहेको छ । माओवादीका पूर्व नेता एवं सांसद प्रभु साहले तत्कालीन समयमा हिंसा र अपराध भएको बताउनुभएको छ । अहिले यो विषयलाई ल्याएर जनतालाई गुमराहमा पार्ने काम भइरहेको पनि उहाँको दाबी छ । 
     
    माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेले तत्कालीन जनयुद्धलाई बदनाम गर्ने हेतुले गलत अफवाह फैलाएको आरोप लगाउनुभयो । संसद्मा बेमौसमी प्रसङ्गलाई उठाएर प्राप्त उपलब्धिहरूलाई धुलिसात पार्ने षडयन्त्र भइरहेको उहाँको आशंका थियो । उहाँले एक फरक प्रसङ्गमा उपसभामुखलाई विवादमा तान्न आवश्यक नरहेको बताउनुभयो । 
     
    एमालेले जनयुद्धभित्र अपराध हिंसा भएको भन्दै स्वीकार गर्न माओवादीलाई दबाब दिइरहेको छ । एमालेका सांसद योगेश भट्टराईले हिंसा शब्दलाई बारम्बार संसद्मा उठाएपछि विवाद चुलिँदै गएको हो । एमालेले यो प्रसङ्गलाई कोट्याइराख्दा टीआरसी बिलमाथि घात हुनसक्ने माओवादीको आशंका रहेको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले टिआरसी बिलमा समेत हिंसा, जघन्य अपराधलगायतका शब्दावलीको प्रयोग भएको माओवादीलाई स्मरण गराउनुभएको छ । 
     
    संसद्मा ससाना विषयहरूलाई ल्याएर तथ्यहीन बहस गरेर समय बर्बाद पार्ने खेल पहिलेदेखि नै हुँदै आएको छ । कानून निर्माण गर्ने सार्वभौम थलोमा बेतुकका बहसले मुलुकको भविष्यलाई चीरहरण गरिरहेको छ । जनताले जबसम्म यस्ता फोहोर पखाल्न सक्दैनन्, तबसम्म अवस्था यस्तै रहनेछ । 
     
     


    शनिवार, भाद्र २९ २०८१०८:२०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij