Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिम प्रदेश सरकारले सोमवार बजेट ल्याउँदै

सुदूरपश्चिम प्रदेश सरकारले सोमवार बजेट ल्याउँदै

  • शनिवार, भाद्र २९ २०८१

  • 560
    SHARES

  • सुदूरपश्चिम प्रदेश सरकारले सोमवार बजेट ल्याउँदै

    काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले अगामी भदौ ३१ गते बजेट ल्याउने भएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आज पत्रकार सम्मेलन गरेर पर्सि सोमवार चालू आर्थिक वर्षका लागि फेरि बजेट ल्याउन लागेको जानकारी गराउनुभएको हो ।

    यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागेको उहाँले बताउनुभयो । यसअघि नेकपा (एकीकृत समाजवादी)का नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो ।

    प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको छ। मुख्यमन्त्री शाहले यसअघि सदनमा प्रस्तुत भएको बजेटमै सामान्य पुनरावलोकन गरेर नयाँ बजेट ल्याउने तयारी गरिएकोे बताउनुभयो ।


    शनिवार, भाद्र २९ २०८१०४:२१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij