एजेन्सी । भर्खरै सकिएको अमेरिकी निर्वाचनमा ५५ वर्षीया कमला ह्यारिस उपराष्ट्रपतिमा निर्वाचित भएकी छिन् । उनी क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् ।
कमलाकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए ।
उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् ।
कमला उक्त पदका लागि चुनाव लड्ने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् ।
भारतीय–जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद उनले कुनैबेला राष्ट्रपति उम्मेदवारका लागि बाइडेनलाई चुनौती दिएकी थिइन् ।
राष्ट्रपतिको उम्मेदवार बन्ने दौडबाट पछि हटेपछि पनि सधैँ उनको नाम चर्चामा रहिरह्यो ।
क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन् ।