Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  • शनिवार, भाद्र २९ २०८१

  • 448
    SHARES

  • ०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालभित्रै सडक बालबालिकालाई सडकमुक्त गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

    आज ६०औँ बाल दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सडकमा बस्नुपर्ने परिस्थितिबाट बालबालिकालाई यही वर्षभित्र मुक्त गरिने बताउनुभयो ।

    यस्तै प्रधानमन्त्री ओलीले बालबालिकाका लागि प्रतिकूल अवस्था हटाएर अनुकूल अवस्था सिर्जना गर्न बालमैत्री वातावरण बनाउन सरकार लागिपरेको बताउनुभएको छ ।

    उहाँले ठूलो सङ्ख्यामा बालबालिकाहरु कुपोषणको सिकार भइरहेको र विद्यालय जानबाट वञ्चित रहेको भन्दै यस अवस्थाबाट बालबालिकालाई बाहिर निकाल्नुपर्नेमा जोड दिनुभयो ।

    गरिबीको रेखामुनि रहेका मानिसलाई रोजगारी उपलब्ध गराउन सरकार लागिपर्ने उहाँको भनाइ छ ।


    शनिवार, भाद्र २९ २०८१०८:४४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij