Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना, एक जनाको मृत्यु, ९ जना घाइते

अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना, एक जनाको मृत्यु, ९ जना घाइते

  • बुधवार, भाद्र २६ २०८१

  • 569
    SHARES

  • अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना, एक जनाको मृत्यु, ९ जना घाइते

    काठमाडौं । अर्घाखाँचीबाट बुटवल आउँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

    छत्रदेवबाट बुटवल आउँदै गरेको लु १ ज ४७६३ नम्बरको डबल क्याप बोलेरो शितगंगा गाउँपालिका–१२ मा हिलेखोलामा दुर्घटना भएको अर्घाखाँचीका डीएसपी प्रतितसिंह राठौरले बताउनुभयो ।

    दुर्घटना परेर अन्दाजी ६५ वर्षीय रामप्रसाद पन्थीको मृत्यु भएको र उनको ठेगाना नखुलेको प्रहरीले जनाएको छ । छत्रदेवदेखि बुटवल आउँदै गरेको जिपमा १० जना सवार रहेका थिए । घाइते ९ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि बुटवल रिफर गरिएको छ ।

     


    बुधवार, भाद्र २६ २०८१०१:४२:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij