Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाइडेनको प्रतिवद्धता : म भोट दिने-नदिने सबै नागरिकको राष्ट्रपति बन्छु

बाइडेनको प्रतिवद्धता : म भोट दिने-नदिने सबै नागरिकको राष्ट्रपति बन्छु

  • आइतवार, कार्तिक २३ २०७७

  • 1.1K
    SHARES

  • बाइडेनको प्रतिवद्धता : म भोट दिने-नदिने सबै नागरिकको राष्ट्रपति बन्छु

    काठमाडौं । अमेरिकाको राष्ट्रपति चुनावमा विजयी भएपछि जो बाइडेनले आफू सबै अमेरिकी नागरिकको राष्ट्रपति हुने बताएका छन् । उनले जित हासिल गरेको प्रक्षेपण गरिएलगत्तै ट्वीट गर्दे बाइडेनले आफूलाई देशको नेतृत्व गर्ने महान् जिम्मेवारी सुम्पिएको भन्दै सबै नागरिकप्रति आभार प्रकट गरेका छन् ।

    उनले लेखेका छन्, ‘तपाईंहरुले मलाई देशको नेतृत्व गर्नका लागि चुन्नुभएकोमा मेरो सम्मान छ ! हाम्रा अगामी काम चुनौतीपूर्ण छन्, तर म तपाईंहरू समक्ष वाचा गर्छुः म सबै अमेरिकी नागरिककको राष्ट्रपति बन्छु, चाहे मलाई भोट दिने हुन् वा नदिने।’

    डेमोक््रयाटिक पार्टीका उमेद्वार बाइडेनले वर्तमान ४५ औं राष्ट्रिपति समेत रहेका रिपब्लिकन पार्टीका उमेद्वार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । 


    आइतवार, कार्तिक २३ २०७७०७:०६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij