Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै

सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै

  • सोमवार, भाद्र २४ २०८१

  • 633
    SHARES

  • सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै

    काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रमका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका महासचिव शंकर पोखरेल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबीच हिजो साँझ बालुवाटारमा भएको छलफलमा आज सत्तारुढ दलको बैठक बस्ने सहमति भएको हो ।

    त्यस्तै न्यूनतम साझा कार्यक्रम तय गर्न कांग्रेसबाट महामन्त्री गगनकुमार थापा, प्रकाशशरण महत, एमालेबाट प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेको कार्यदल बनाउने सहमति पनि भएको छ । त्यसलाई अन्तिम रूप दिन र सरकारको नीति कार्यक्रम र बजेटसमेत आइसकेको अवस्थामा न्यूनतम साझा कार्यक्रम कसरी तय गर्ने र सरकारको कामलाई कसरी गति दिने भन्ने विषयमा सत्ता साझेदार दलहरूबीच आज छलफल हुन लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


    सोमवार, भाद्र २४ २०८११०:२१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij