Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारियो

सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारियो

  • सोमवार, भाद्र २४ २०८१

  • 656
    SHARES

  • सरकारी कार्यालयमा खाजा खाने समय आधा घण्टामा झारियो
    काठमाडौं । सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिनुभएको छ । 
     
    उहाँले भन्नुभएको छ, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ । खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन । अब सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको छ ।’ 
     
    प्रधानमन्त्री ओलीले कार्यालयको खाजा समयको नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा गुनासो गर्न अनुरोध गर्नुभएको छ । 


    सोमवार, भाद्र २४ २०८१०६:०५:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij