Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नयाँ मापदण्डका घर भत्किने छैनन् : बालेन

नयाँ मापदण्डका घर भत्किने छैनन् : बालेन

  • आइतवार, भाद्र २३ २०८१

  • 669
    SHARES

  • नयाँ मापदण्डका घर भत्किने छैनन् : बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले नयाँ मापदण्ड अनुसार बनेका काठमाडौं महानगर अन्तर्गत पर्ने कुनै पनि घर नभत्किने बताउनुभएको छ । यस्ता घर भत्काउनै परे सरकारले मुअब्जा दिनुपर्ने उहाँको भनाइ छ ।

    यो प्रकरणमा सङ्घीय सरकारले दोहोरो नीति लिएको भन्दै उहाँले आपत्ति पनि जनाउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले सरकारलाई सोध्नुभएको छ– आफै धामी, आफै झाँक्री । कानुन बनाउने कसले हो ? सरकारको नेतृत्व कसले गरेको हो ? अदालतमा न्यायाधीश नियुक्त गर्ने संवैधानिक परिषद्मा को छ ?

    बालेन थप्नुहुन्छ, ‘मापदण्ड र कानुन आफै बनाउने, आफै सहभागी भएको परिषद् देखि न्यायाधीश आउने । सरकार आफ्नै । कानुन बनाउने र संशोधन गर्ने अधिकार आफ्नै। अनि, भएको कानुन र फैसलालाई कार्यान्वयन गर्दा दोष जति काठमाडौं महानगरलाई ? गलत जानकारी दिएर जनतालाई उचाल्ने काम

    न्याय खोज्ने हो भने काठमाडौं महानगरलाई गाली गरेर न्याय नपाइने भन्दै उहाँले नेताहरूलाई प्रश्न गर्नु सुझाव दिनुभएको छ ।


    आइतवार, भाद्र २३ २०८१०२:०६:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij