काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४८ प्रतिशतले घटेर ४८६.३६ बिन्दुमा अडिएको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ ।
यसदिन ३१६ कम्पनीको २ करोड २ लाख ५३ करोड ९९३ कित्ता सेयर ९ अर्ब ६५ करोड १५ लाख १३ हजार २४६ रुपैयाँमा खरिदबिक्री भए । हिजो १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । हिजो नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा अडिएको थियो ।
यसदिन एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको हो । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर ९.१४ प्रतिशतले बढ्दा नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको ८.४३,अपर हेवाखोला हाइड्रोपावरको ७.९२ र गुडविल फाइनान्सको सेयर ७.८३ प्रतिशतले बढ्यो ।
आज नेपाल फाइनान्सका लगानीकर्ताले भने गुमाए । सो कम्पनीको सेयर ८.९१ प्रतिशतले घट्यो । ४० करोड बढि मूल्यको सेयर कारोबार गरी नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो । यसैगरी नेपाल फाइनान्सको ३४ करोड,गुडविल फाइनान्स र हिमालयन रिइन्स्योरेन्सको २९/२९ करोड र अपी पावर कम्पनीको २२ करोड मूल्य बराबरको सेयर कारोबार भयो ।
कारोबारमा आएका कम्पनीमध्ये १०१ वटाको मूल्य बढ्यो भने १३८ वटाको घट्यो । पाँच कम्पनीको मूल्य भने आज स्थिर रह्यो । दुई समूहको उपसूचकबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन् । माइक्रो फाइनान्सको १.६८ र ट्रेडिङ समूहको उपसूचक ०.१६ प्रतिशतले बढ्यो ।