Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

वर्तमान गठबन्धनमा कुनै पनि मतभेद छैन, आगामी निर्वाचनसम्मै रहन्छ: राजेन्द्र गौतम

वर्तमान गठबन्धनमा कुनै पनि मतभेद छैन, आगामी निर्वाचनसम्मै रहन्छ: राजेन्द्र गौतम

  • बिहिवार, भाद्र २० २०८१

  • 759
    SHARES

  • वर्तमान गठबन्धनमा कुनै पनि मतभेद छैन, आगामी निर्वाचनसम्मै रहन्छ: राजेन्द्र गौतम

    काठमाडौं । नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले वर्तमान गठबन्धनमा कुनै पनि मतभेद नभएको बताउनुभएको छ ।
    कांग्रेस र एमाले समिकरणको सरकारले देश र जनताको हितबाहेक अरु काम नगर्ने र गर्न पनि नदिने स्पष्ट पार्दै नेता गौतमले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै रहने दाबी गर्नुभयो ।

    यस्तै उहाँले सरकारले राम्रो काम गरिरहेको र जनताको विश्वास जितेको देखेर प्रतिपक्ष अत्तालिएको आरोपसमेत लगाउनुभयो ।
    यस्तै पार्टीको हिजो सम्पन्न पोलिटब्युरो बैठकले वार्षिक कार्ययोजना र केही समसामयिक प्रस्ताव पारित गरेको पनि उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षता पार्टीको केन्द्रीय कार्यालय च्यासलमा सकिएको बैठकले विभिन्न प्रस्ताव पारित गरेको हो ।

    एमालेले देशमा अराजकता फैलाउने प्रवृत्ति देखा परेको निष्कर्ष निकाल्दै प्रतिस्पर्धात्मक तरिका अपनाउन आग्रह गरेको छ । प्रमुख प्रतिपक्ष दलका नेता तथा माआवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सरकारलक्षित अभिव्यक्तिप्रति पोलिटब्युरोले आपत्ति जनाएको गौतमको भनाइ छ ।

    प्रचण्डले दुई हप्ताअघि संसद्मा सरकारलक्षित दिएको अभिव्यक्ति सरकारबाट बाहिरिएपछि आएको आवेगपूर्ण भनाइ भएको एमालेले जनाएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गौतमले आगामी निर्वाचनमा कसैसँग पनि सहकार्य नगरिकन एकल उम्मेदवारी दिने कुरामा बेजोड ढंगले बैठकमा छलफल भएको पनि बताउनुभएको छ ।

    यस्तै, एमालेले दुई हप्ताअघि बङ्गलादेशमा भएको राजनीतकि घटनाक्रमप्रति टिप्पणी गर्दै त्यहाँ लोकतान्त्रिक प्रक्रियामा फर्कने विश्वास व्यक्त गरेको छ ।


    बिहिवार, भाद्र २० २०८११०:३६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij