Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली र मेयर बालेनको जुहारी तिब्र, ओली मौन रहँदा नेता कार्यकर्ता भने आक्रोशित, समाज नभाड्न चेतावनी (खासखबर)

प्रधानमन्त्री ओली र मेयर बालेनको जुहारी तिब्र, ओली मौन रहँदा नेता कार्यकर्ता भने आक्रोशित, समाज नभाड्न चेतावनी (खासखबर)

  • बुधवार, भाद्र १९ २०८१

  • 819
    SHARES

  • प्रधानमन्त्री ओली र मेयर बालेनको जुहारी तिब्र, ओली मौन रहँदा नेता कार्यकर्ता भने आक्रोशित, समाज नभाड्न चेतावनी (खासखबर)

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको जुहारी अझै सकिएको छैन ।

    बालश्रमशोषणमा मुछिएकी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई कारबाही नगरिएको विषयमा मेयर शाहले सरकारविरुद्ध निरन्तर प्रहार गरिरहेका छन् । त्यससम्बन्धी आफ्नो स्टाटससमेत हटाइएको भन्दै उनले थप आक्रोश व्यक्त गरेका छन्।

    उनले पोस्ट उडाउने होइन, दोषी समाऊ सरकार । म गलत हो भने मलाई समाऊ, होइन भने दोषी समाऊ भनेर पुनः सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् । स्थानीय तहलाई अहिलेको संविधानले बलियो बनाएको छ।

    आफ्नो तजबिजमा काम गर्न खोज्दा र महानगरलाई सुन्दर बनाउने अभियानमा जुट्दा पटकपटक अवरोध आउने गरेकोले बालेन आक्रोशति बनेका छन् । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केशीले सरकारले अनाहक मेयर बालेनसँग पैठोजोरी गरिरहेको आरोप लगाउनुभएको छ।

    प्रदेश सांसद शर्माको तस्बिर राखी उनलाई पक्राउ नगरिएकोमा बालेनले एक पोस्ट गर्दै प्रधानमन्त्री ओलीसँग जवाफ माग्नुभएको थियो। सोमबार त्यही विषयमा उहाँले विस्तृत विवरण राख्नुभएको छ । मंगलबार अर्को पोस्ट राखेर आक्रोश व्यक्त समेत गर्नुभएको छ।

    त्यस विषयमा प्रधानमन्त्री ओली केही नबोले पनि पार्टीका नेता–कार्यकर्ताले भने आक्रामक रूपमा सामाजिक सञ्जालमार्फत बालेनको आलोचना गरिरहेका छन् । एमाले सचिव एवं सांसद योगेश भट्टराईले बालेनले समाज भड्काउने काम गरिरहेको बताउनुभएको छ।

    प्रदेश सांसद शर्माको घरबाट घरेलु कामदारका रूपमा राखिएकी १४ वर्षीया बालिकाको गत १४ जेठमा महानगरपालिकाले उद्धार गरेको थियो । बालिकालाई यातना दिइएको प्रारम्भिक छानबिनमा खुलेपछि महानगरपालिकाले नै जिल्ला प्रहरी परिसर, काठमाडौैंमा जाहेरी दिएको थियो ।

    तीन महिना हुन लाग्दा पनि प्रहरीले अनुसन्धानमा चासो नराखेपछि प्रधानमन्त्रीकै दबाबमा पक्राउ नगरिएको बालेनको आरोप रहेको छ ।


    बुधवार, भाद्र १९ २०८१०८:०५:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij