काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महिन्द्र यादवले एमालेसँगको गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।
धेरै पहिला नै गर्नुपर्ने गठबन्धन ढिलो भएको बताउँदै उहाँले वर्तमान गठबन्धन नै देश र जनताको लागि हितमा भएको स्पष्ट पार्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वमन्त्रीसमेत रहनुभएका नेता यादवले अहिलेको सरकारले बोलेर भन्दा पनि काम र परिणाम दिएर देखाउने दाबी गर्दैै जनताको आसा र भरोसालाई मर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
दुई ठुला दल एक हुनुको मुख्य उदेश्य पनि देश विकास भएको उहाँको भनाइ छ । विगतका सरकारले भने गरेका कुराहरु पूरा नगर्दा जनतामा छाएको निरासा र अविश्वासलाई कांग्रेस एमाले समिकरणको सरकारले चिर्ने उहाँको विश्वास रहेको छ ।
सरकारले देशमा बढेको बेथिती र भ्रष्टाचारलाई न्युनिकरण गर्ने र कोहि पनि भ्रष्टाचारीलाई उम्किन नदिएर कानुनी दायरामा पु¥याउने नेता यादवको भनाइ छ ।