Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मंगलबार शेयर बजारमा समान्य अंककाे वृद्धि

मंगलबार शेयर बजारमा समान्य अंककाे वृद्धि

  • मंगलवार, भाद्र १८ २०८१

  • 592
    SHARES

  • मंगलबार शेयर बजारमा समान्य अंककाे वृद्धि

    काठमाडौं । मंगलबार शेयर बजारमा समान्य अंककाे वृद्धि भएको छ । २८३४.३७ विन्दुबाट खुलेको बजारमा तीव्र उतारचढावका बीच अन्त्यमा २८३०.१६ बिन्दुमा अडिएको छ । आजको बजार ६.९० अंकले बढेको हो ।

    यस दिन साढे १३ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । आधा दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनएलजि इन्सुरेन्स, सिन्धु विकास बैंक, मातृभुमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्र वित्तिय संस्था, मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    यस्तै, विन्दबासिन जलविद्युतको शेयर मूल्य पनि १० प्रतिशतले बढेको छ । यता ५ वटा कम्पनीको शेयर सर्किट लेभलमा (९.९९ प्रतिशत) कारोबार भएको थियो ।

    विकास बैंक, होटल तथा पर्यटन, जिवन विमा, लघुवित्त र निर्जीवन बीमा समूह बढेको छ भने बाँकी सबै समूह ओरालो लागेको छ ।

    सोमबार बजार १२७.३२ अंकले बढेको थियो । त्यस अघिको २ कारोबारमा भने बजारमा करेक्सन आएको थियो । इन्डेक्स ३ हजार पुगेको बजार फेरि करेक्सन आएर २७ सयमा झरेको थियो ।


    मंगलवार, भाद्र १८ २०८१०३:२८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij