Aug 03 2026 | २०८३, श्रावण १८ गते

२०८३, श्रावण १८ गते
  • यो साता चर्चामा :
images

कांग्रेस–एमालेको राजनीतिक सहकार्यले मुलुकको कुटनीतिक क्षेत्रमा सुधार ल्याउने अपेक्षा, भ्रष्टाचारका फाइल बन्द हुँदा चिन्ता (खासखबर)

कांग्रेस–एमालेको राजनीतिक सहकार्यले मुलुकको कुटनीतिक क्षेत्रमा सुधार ल्याउने अपेक्षा, भ्रष्टाचारका फाइल बन्द हुँदा चिन्ता (खासखबर)

  • सोमवार, भाद्र १७ २०८१

  • 538
    SHARES

  • कांग्रेस–एमालेको राजनीतिक सहकार्यले मुलुकको कुटनीतिक क्षेत्रमा सुधार ल्याउने अपेक्षा, भ्रष्टाचारका फाइल बन्द हुँदा चिन्ता (खासखबर)

    काठमाडौं । नेपालले कुटनीतिका क्षेत्रमा अपेक्षित सुधार गर्न नसकेको बेलाबखत चर्चा हुने गर्दछ । संगै सिमाना जोडिएका दुई देश भारत र चीनसँग पनि एकाकार सम्बन्ध हुन नसक्नु नेपालका लागि बिडम्बना बन्दै गएको छ । सरकार परिवर्तनपिच्छे विभिन्न धारणाहरु आउँदा कुन देशका लागि कुन नीति हो भन्ने स्पष्ट हुन सकिरहेको छैन । एक देशको प्यारो बन्न अर्को मुलुक चिढाउने विषय कुनैपनि हालतमा राम्रो मान्न सकिदैन ।

    पछिल्लो समय नागरिकस्तरबाट अहिलेको समिकरणले भारतसँग बिग्रिएको सम्बन्धमा सुधार गर्न खोजेको प्रतिक्रिया आएको छ । नागरिक अगुवा सुन्दरमणि दिक्षितले समिकरण बन्दै गर्दा भ्रष्टाचारका फाइलहरु बन्द भएपनि भारतसँगको सम्बन्धमा केही सुधार आएको दाबी गर्नुभएको छ ।

    नेपालको राजनीति मौसम बदलिएझैँ बदलिरहन्छ । अस्थिर राजनीतिका कारण स्थायित्व र सुशासनमा बाधा पर्ने गरेको छ । अहिले बनेको समिकरणले राजनीतिक स्थायित्वलाई जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई बाचा गरेअनुसारको भूमिका निर्वाह गर्ने बताइरहेका छन् ।

    कुनैपनि हालतमा धोकाको राजनीतिक अब सम्भव नहुने ओलीको जिकिर रहेको छ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पनि ओली–देउवाको मिलन समयको माग रहेको बताउनुभएको छ ।

    नेपाल विकासको बाधक सबैभन्दा ठूलो भ्रष्टाचार हो, जबसम्म यसको नियन्त्रण गर्ने बलियो कानून बन्दैन तबसम्म मुलुकको समृद्धि सम्भव देखिदैन । अहिले दुई ठूला दलहरुको सहकार्यले भ्रष्टाचारीलाई जोगाउने भन्दा पनि कानूनी कठ्घरामा उभ्याउनेतिर प्रयत्न गर्न जरुरी रहेको छ । यो गठबन्धनको औचित्य समेत पुष्टि गर्नु आवश्यक रहेको छ ।

     


    सोमवार, भाद्र १७ २०८१०७:१०:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij