Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

आज मोती जयन्ती मनाइँदै

आज मोती जयन्ती मनाइँदै

  • सोमवार, भाद्र १७ २०८१

  • 492
    SHARES

  • आज मोती जयन्ती मनाइँदै

    काठमाडौं। आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५९औँ जन्मजयन्ती, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी आज मोती जयन्ती मनाइँदैछ ।

    विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पु¥याउनु भएको थियो ।

    नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिनुभएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनु भएको थियो ।

    यही छापाखानामार्फत नेपालमा पत्रकारिताको सुरुआत भएको हो। दिवसका अवसरमा आज नेपाली शिक्षा परिषद्लगायत विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।


    सोमवार, भाद्र १७ २०८१०६:५९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij