Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

माधव नेपाल रुस प्रस्थान

माधव नेपाल रुस प्रस्थान

  • सोमवार, भाद्र १७ २०८१

  • 475
    SHARES

  • माधव नेपाल रुस प्रस्थान

    काठमाडौं। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल रुस प्रस्थान गर्नुभएको छ। ‘मल्टी पोलारिटी फोरम’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल गएराती रुसको भ्लादिभोस्तक प्रस्थान गर्नुभएको हो।

    नेपाल सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने ‘साउथ एसियन इकोनोमिक फोरम’को समूहगत छलफलमा सहभागी हुने कार्यक्रम रहेकोले गएराति ११ बजे त्यसतर्फ प्रस्थान गर्नुभएको पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

    अध्यक्ष नेपालले भ्रमणका क्रममा त्यहाँस्थित उच्च तहका नेताहरूसँग भेटघाट तथा छलफल गर्ने र आगामी आइतबार स्वदेश फर्किने कार्यक्रम रहेको जनाइएको छ। नेपालको अनुपस्थितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको छ।


    सोमवार, भाद्र १७ २०८१०६:४४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij