Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

महामन्त्रीद्वयको प्रतिवेदनले कांग्रेसमा मतभेद, प्रस्ताव परिमार्जनसहित पारित गर्ने तयारी, एक्जीट पोलिसी विवादमा (खासखबर)

महामन्त्रीद्वयको प्रतिवेदनले कांग्रेसमा मतभेद, प्रस्ताव परिमार्जनसहित पारित गर्ने तयारी, एक्जीट पोलिसी विवादमा (खासखबर)

  • आइतवार, भाद्र १६ २०८१

  • 490
    SHARES

  • महामन्त्रीद्वयको प्रतिवेदनले कांग्रेसमा मतभेद, प्रस्ताव परिमार्जनसहित पारित गर्ने तयारी, एक्जीट पोलिसी विवादमा (खासखबर)

    काठमाडौं। नेपाली कांग्रेसले गठबन्धनको संस्कृति अंगाल्दा पार्टी संरचनामा ठूलो असर परेको भन्दै नेता कार्यकर्ताहरु नेतृत्वप्रति रुष्ट रहेका छन्।

    २०७९ साल मंसिर ४ गतेको आमनिर्वाचनमा विपरित ध्रुवका दल कांग्रेस र माओवादीको वाम लोकतान्त्रिक गठबन्धनले नेता कार्यकर्ताको पंक्तिले रोष प्रकट गरेका थियो ।

    यसैकारण आगामी २०८४ सालको निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने महामन्त्री गगन थापाको प्रस्तावमा पार्टीमा दुईधार देखिएको छ। आजको कार्यसमिति बैठकले महामन्त्रीद्वयको प्रस्ताव परिमार्जनसहित पारित गर्ने तयारी गरेको छ।

    कांग्रेस नेता गुरुराज घिमिरेले पार्टीमा ठूलो जमात एक्लै निर्वाचन उभिनुपर्ने पक्षमा रहेको बताउनुभयो। राष्ट्रिय आपतकालको अवस्थामा बाहेक निर्वाचनमा एक्लै एक्लै प्रतिस्पर्धा गर्नुपर्ने उहाँको धारणा रहेको छ।

    सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले पेश गरेको प्रस्ताव बारे छलफल समेत गर्नुभएको छ। बुढानिलकण्ठमा पार्टीका पुर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको तर ठोस सहमतिमा अझै पुग्न सकिएको छैन।

    यता, महामन्त्री शर्माले नेताहरु एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ। कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले को कति पटक सांसद मन्त्री बन्ने विषयलाई संविधानमै समेट्नुपर्ने बताउनुभयो।

    सभापति देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका छन्। सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन्।


    आइतवार, भाद्र १६ २०८१०८:२०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij