Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राज्य छ भनेर जनतालाई आशावादी बन्ने वातावरण बनाउन कांग्रेस-एमाले एक भएको हो: मिन विश्वकर्मा

राज्य छ भनेर जनतालाई आशावादी बन्ने वातावरण बनाउन कांग्रेस-एमाले एक भएको हो: मिन विश्वकर्मा

  • आइतवार, भाद्र १६ २०८१

  • 591
    SHARES

  • राज्य छ भनेर जनतालाई आशावादी बन्ने वातावरण बनाउन कांग्रेस-एमाले एक भएको हो: मिन विश्वकर्मा

    काठमाडौं । नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले राज्य छ भनेर जनतालाई आशावादी बन्ने वातावरण बनाउन दुई ठुला दल एक भएको बताउनुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वराज्यमन्त्री समेत रहनुभएका नेता विश्वकर्माले कांग्रेस र एमाले समिकरणको सरकारले जनतालाई आसा जगाउने र सुशासनको अनुभुति गराउने गरि काम गर्ने स्पष्ट पार्नुभएको छ ।

    यस्तै विगतमा सत्ता होडबाजी र दलिय खिचातानी मात्रै बढेको कारणले गर्दा पनि अब एमाले र कांग्रेसले एक भएर काम गर्नुपर्छ भन्ने महसुस गरेरै सरकार गठन गरिएको उहाँले दोहो¥याउनुभयो ।

    हिजो निरास भएका जनता वर्तमान सरकारबाट आसा महसुस गर्ने र अन्याय पाएकाले न्यायको अनुभुति गर्ने वातावरण अहिलेको सरकारले बनाउने पर्नेमा नेता विश्वकर्माले जोड दिनुभयो ।

    यस्तै नेता विश्वकर्माले अहिलेको सरकारले झारो टार्नेतिर लाग्न छुट नपाएकाले कुरा भन्दा पनि काम गर्ने देखाउनुपर्ने सुझाव समेत दिनुभयो । र अब जनतालाई निरास नबनाइ सरकारले काम गर्ने पनि उहाँको विश्वास रहेको छ ।

    सरकार गठनको बेलामा भएका सहमति र सर्त अनुसार सरकार अगाडि बढ्ने पनि उहाँको भनाइ छ ।


    आइतवार, भाद्र १६ २०८१०९:२५:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij