Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, विधेयक अब ऐनका रूपमा लागू हुने

टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, विधेयक अब ऐनका रूपमा लागू हुने

  • बिहिवार, भाद्र १३ २०८१

  • 425
    SHARES

  • टीआरसी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, विधेयक अब ऐनका रूपमा लागू हुने
    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गर्नुभएको छ।
     
    राष्ट्रपति पौडेलले बिहीबार(आज) नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नुभएको हो।
     
    संघीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि राष्ट्रपतिसमक्ष उक्त विधेयक पेस भएको थियो ।
     
    यसअघि बुधबार सभामुख देवराज घिमिरेले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक) प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनुभएको थियो ।
     
    उक्त विधेयक यसअघि नै संघीय संसद्को दुवै सदनबाट सर्वसम्मत पारित भइसकेको थियो । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक ऐनका रूपमा लागू हुनेछ ।
     
    त्यसपछि दुवै आयोगका गठन भएर शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने प्रक्रिया अघि बढ्नेछ ।


    बिहिवार, भाद्र १३ २०८१०४:४०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij