Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

‘रवि जी, पख्नोस्, नौं घण्टा बयान दिनुभएको हो फैसला आएको छैन’

‘रवि जी, पख्नोस्, नौं घण्टा बयान दिनुभएको हो फैसला आएको छैन’

  • बिहिवार, भाद्र १३ २०८१

  • 715
    SHARES

  • ‘रवि जी, पख्नोस्, नौं घण्टा बयान दिनुभएको हो फैसला आएको छैन’

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रास्वपा सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा संसदीय छानबिन विशेष समितिको फैसला आउन बाँकी रहेकोले धैर्य गर्न आग्रह गर्नुभएको छ।

    आज बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा थापाले गम्भीरतापूर्वक छानबिन गरिरहेको बताउँदै लामिछानेले बयान मात्रै दिएर आएकोले फैसला आउञ्जेल कुर्न आग्रह गर्नु भएको हो। उहाँले रास्वपाका नेताहरूले प्रमाण खोइ, प्रमाण खोइ भनिरहेको बताउँदै आफूहरूले सबै चिज समितिलाई दिएको बताउनु भएको हो।

    उहाँले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेतिर इंगित गर्दै नौ मिनेटमा बयान सक्छु भनेकाले नौ घण्टासम्म बयान बस्नुपरेको उल्लेख गर्दै भन्नुभयो,‘नौ मिनेटमा चट् भइजान्छ भनेको सुनेको थिएँ, नौ घण्टासम्म बयान दिनुपरेको छ,बयान हो बयान, फैसला होइन। समितिको फैसला त आउनै बाँकी छ।’

    थापाले फरक प्रसङ्गमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उत्तेजनाको राजनीति नगर्न आग्रह गर्नुभयो। पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले नेपाल बंगलादेश वा श्रीलंकाजस्तो हुन सक्छ भनेर उत्तेजनाको राजनीति गर्न नहुने बताउनुभयो।

    गत मंगलबार संसदमा बोल्दै प्रचण्डले नेपालमा पनि बंगलादेश र श्रीलंकामा जस्तै विद्रोह हुन सक्ने अभिव्यक्ति दिनुभएको थियो। महामन्त्री थापाले प्रतिपक्षी दलको नेता पनि यही प्रणालीको अंग भएकोले उसले आफ्नो जिम्मेवारी भुल्न नहुने बताउनुभयो।


    बिहिवार, भाद्र १३ २०८१०४:३४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij