Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

घट्यो नेप्से, ४ दिनमा १४५ अंकको गिरावट

घट्यो नेप्से, ४ दिनमा १४५ अंकको गिरावट

  • बिहिवार, भाद्र १३ २०८१

  • 577
    SHARES

  • घट्यो नेप्से, ४ दिनमा १४५ अंकको गिरावट

    काठमाडौँ ।  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३६.८३ अंकले घटेको छ । २७९१ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७४९ बिन्दुमा पुगेर रोकिएको हो । 

    यो सातामा ४ दिन सेयर कारोबार भयो । आइतबार ८० अंकले बजार घटेको थियो । सोमबार सार्वजनिक बिदा भएका कारण कारोबार भएन । मंगलबार पुनः ११२ अंकले घट्दै परिसूचक २७८२ बिन्दुमा ओर्लिएको थियो । बुधबार अन्तिम समयमा बजारमा ३.८० अंकको वृद्धि देखियो । आज फेरि घटेको छ । यो साताको ४ दिनमा मात्रै बजार १४५ अंकले झरेको छ । 

     

    बिहीबार ५३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १८८ कम्पनी घाटामा जाँदा २ कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कुल ३२२ कम्पनीको २८ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । 


    बिहिवार, भाद्र १३ २०८१०३:४५:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij