काठमाडौं । नेपाली जनसम्पर्क समिति क्यानाडाको उपाध्यक्षमा युवा वैज्ञानिक डा. जितेन्द्र उपाध्याय मनोनित हुनुभएको छ । नेपाली काँग्रेसको भातृ संगठनको रुपमा रहेको जनसम्पर्क समिति अन्तर्गतको क्यानडाको कार्य समितिले उहाँलाई उपाध्यक्षमा मनोनित गरेको हो ।
कैलालीबाट नेपाली काँग्रेसको महाधिवशेन प्रतिनिधि समेत रहेका उपाध्याय विद्यार्थीकाल देखि नै राजनीतिमा निरन्तर सक्रिया हुनुहुन्छ । खाद्य विज्ञान तथा प्रविधिमा विद्यावारिधी गर्नु भएका उपाध्याय केही समयदेखि क्यानडाको एमसी गिल विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत हुनुहुन्छ ।
उपाध्ययलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकोजनसम्पर्क समिति क्यानडाको कार्यसमितिको बैठकले सह महामन्त्रीमा आशिर्वाद सुबेदीलाई मनोनित गरेको छ । सुवेदी पनि नेपालमा रहँदा देखि नै काँग्रेसमा आवद्ध रहेर राजनीतिमा सक्रिय हुनुहुन्छ ।
समितिका सभापति बुद्धिप्रकाश ओलीले दुवै जना वौद्धिक तथा सक्रिय व्यक्तित्व भएकाले सवैको सुझावका आधारमा मनोनित गरिएको जानकारी दिदै संगठनलाई थप प्रभावकारी बनाउन उहाँहरुले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।