Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले सरकारबाट बाहिरिएको झोकमा हावादारी र गलत बोल्दै छन्: राजेन्द्र राई

प्रचण्डले सरकारबाट बाहिरिएको झोकमा हावादारी र गलत बोल्दै छन्: राजेन्द्र राई

  • बुधवार, भाद्र १२ २०८१

  • 730
    SHARES

  • प्रचण्डले सरकारबाट बाहिरिएको झोकमा हावादारी र गलत बोल्दै छन्: राजेन्द्र राई

    काठमाडौं । नेकपा एमाले नेता राजेन्द्र राईले प्रचण्डले आफू सरकारबाट बाहिरिएको झोकमा हावादारी र गलत बोल्दै हिड्ने गरेको बताउनुभएको छ ।

    माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताबाट बर्हिगमन भएपछि पिडा पोख्न प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गलत र भ्रामक आरोप लगाएको नेता राईको भनाइ छ ।

    प्रचण्डले हिजोको संसद बैठकमा सरकार माफियाको चंगोलमा फसेको आरोप लगाउँदै प्रधानमन्त्री ओलीमाथि प्रश्नैप्रश्न गर्नुभएको थियो । यहि प्रसंगमा नेता राईले यो सबै प्रचण्डले आफूले पद छाड्नुपरेको झोक भएको बताउनुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता राईले आफू सरकारमा हुँदा केहि नगरेका प्रचण्डले अहिलेको सरकारले राम्रो कामको सुरुवात गरेको देखेर अतालिएर जे मनमा आयो त्यहि बोल्ने गरेको आरोप लगाउनुभयो ।

    यस्तै नेता राईले अहिलेको वर्तमान गठबन्धन सरकारले देश र जनताको लागि धेरै राम्रा काम गर्ने दाबी गर्नुभयो । जनताको निरासालाई चिरेर आसा जगाउन वर्तमान सरकार प्रतिवद्ध भएर काम गर्न सुरु गरिसकेकोले प्रतिपक्ष कराउनुको कुनै अर्थ नभएको समेत उहाँको भनाइ छ ।


    बुधवार, भाद्र १२ २०८११०:३६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij