Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

नेकपा सचिवालय सदस्यहरुले आज ओलीलाई भेट्ने, अझै अटेरी गरे के होला ?

नेकपा सचिवालय सदस्यहरुले आज ओलीलाई भेट्ने, अझै अटेरी गरे के होला ?

  • शनिवार, कार्तिक २२ २०७७

  • 1.1K
    SHARES

  • नेकपा सचिवालय सदस्यहरुले आज ओलीलाई भेट्ने, अझै अटेरी गरे के होला ?

    काठमाडौं । पार्टी भित्रको विवाद बढ्दै गएपछि नेकपाका सचिवालय सदस्यहरुले आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । 

    उहाँहरुका बीचमा विहान ९ बजेदेखि १० बजेसम्मको बीचमा भेटवार्ता गर्न समय मिलाइएको प्रधानमन्त्री निकट श्रोतले जनाएइको छ । नेकपाको सवैभन्दा माथिल्लो संरचनाको रुपमा रहेको नौ सदस्यीय सचिवालय सदस्य मध्ये असन्तुष्ट पक्षले आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्ने भएका हुन् ।

    पार्टी मुख्यालय धुम्बाराहीमा हिजो बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो ।

    हिजोको बैठकमा प्रधानमन्त्री बाहेक अन्य सवैलाई बोलाइएकोमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ गरी पाँच जना सहभागी हुनुभएको थियो । तर प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री तथा पार्टीका महासचिव विष्णु पौडेल र गृह मन्त्री रामबहादुर थापा बादल गरी चार जना भने सहभागी हुनुभएको थिएन ।

    बैठकमा सचिवालय सदस्यको बहुमत भएपनि अहिले नै बहुमतीय प्रक्रियामा जानुभन्दा सहमतीय प्रक्रियालाई नै जोड दिनुपर्ने निश्कर्षका साथ ओलीलाई भेटेर बैठक बोलाउन माग गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

    विषेश गरेर भारतीय गुप्तचर प्रमुख सामन्त कुमार गोयलसँगको गोप्य र रहस्यम भेटवार्ता, सल्लाह विना मन्त्रीहरुको नियुक्ति, सरकारका कतिपय विवादास्पद निर्णय, पार्टी एकिकरणको बाँकी कामलगायतका विषयमा छलफल गर्न उनीहरुले सचिवालय बैठक बोलाउन माग गर्दै आएका छन् । तर पार्टी अध्यक्ष ओलीले भने अहिले बैठकको आवश्यकता नरहेको भन्दै बैठक बोलाउन अस्विकार गर्दै आउनु भएको छ ।

    ओलीले पार्टी फुटाएर जान अर्का अध्यक्ष प्रचण्डलाई सुझाव दिएको विषयले पनि पार्टी भित्रको विवाद चर्किदै गएकाले बैठकको आवश्यकता भएको असन्तुष्ट पक्षको दावी छ ।

    आज भेटेर आग्रह गर्दा पनि ओलीले बैठक बोलाउन अस्विकार गरेमा कार्यकारी अध्यक्ष दाहालकै नेतृत्वका पार्टीका काम अगाडि बढाउने असन्तुष्ट पक्षको तयारी रहेको एक नेताले जानकारी दिएका छन् ।

     


    शनिवार, कार्तिक २२ २०७७०८:३०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij