Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा पहिरो

सेयर बजारमा पहिरो

  • मंगलवार, भाद्र ११ २०८१

  • 563
    SHARES

  • सेयर बजारमा पहिरो

    काठमाडौं । सेयरबजारमा पहिरो गएको छ । इन्डेक्स २७ सय विन्दुमा झरेको छ ।

    २८९९.९८ विन्दुबाट आजको कारोबार शुरु भएको थियो । बन्द हुने बेलासम्म २७८२.६० बिन्दुमा पुगेको छ । आज १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजार १११.९६ अंकले घटेको हो ।

    आइतबार पनि सेयर बजार प्रभावित भएको थियो । नेप्से सूचक ७९.८८ विन्दुले घटेर २८९४.५७ अंकमा आएर अडिएको थियो । अल्पकालीन कारोबारीले नाफा बुक गर्दा बजारमा बिक्री दबाब परेको अनुमान गरिएको छ ।

    यसअघि करिब डेढ महिनाकै अवधिमा सूचक भन्डै १ हजार अंकले बढेको थियो । कतिपय फण्डामेन्टल कमजोर भएका कम्पनीको मूल्य पनि उचालिएको थियो । बजार बढ्दै गएपछि ट्रेडरहरु प्रोफिट बुक गर्न तिर लागेको देखिन्छ ।

    घटेको बजारमा तारगाउँ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त वित्तिय संस्था र दोल्ती पावर कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । ३३० कम्पनी सामेल भएको आजको कारोबारमा ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्रि भएको छ ।


    मंगलवार, भाद्र ११ २०८१०३:२८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij