Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

माओवादीलाई सरकारमा जान हतार छैन: नेता मोदी

माओवादीलाई सरकारमा जान हतार छैन: नेता मोदी

  • मंगलवार, भाद्र ११ २०८१

  • 377
    SHARES

  • माओवादीलाई सरकारमा जान हतार छैन: नेता मोदी

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले वर्तमान कांग्रेस एमाले गठवन्धनको सरकार केही समयमा आँफै ढल्ने दाबी गरेको छ। पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता अमनलाल मोदीले सरकार असफल भैसकेकोले केही समयमै आँफै ढल्ने दाबी गर्नुभएको हो।

    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा पूर्वमन्त्री मोदीले सरकारले जनतालाई डेलिभरी दिन नसक्ने बताउँदै केहि दिनमै कांग्रेस एमालेबिचमा फाटो आउने र गठबन्धन टुट्ने दाबी गर्नुभयो ।

    अहिले माओवादीलाई सरकारमा जान कुनै हतार नरहेको बताउँदै नेता मोदीले छिट्टै कांग्रेस एमाले नै माओवादी खोज्दै आउने र सरकारको नेतृत्व सुम्पिने दाबी गर्नुभयो। वर्तमान सरकारो नेतृत्वकर्ता दल कांग्रेस एमाले आफ्नो स्वार्थका लागी एकठाउँमा आएको र उनिहरु आफ्नो स्वार्थले नै फुट्ने जिकिर गर्नुभयो।


    मंगलवार, भाद्र ११ २०८१०८:३७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij