Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

सरकार निर्माण भएको करिब डेढ महिना बित्दा आलोचना शुरु, माओवादी रास्वपा आक्रामक, संविधान संशोधनमा राप्रपा सहमत (खास खबर)

सरकार निर्माण भएको करिब डेढ महिना बित्दा आलोचना शुरु, माओवादी रास्वपा आक्रामक, संविधान संशोधनमा राप्रपा सहमत (खास खबर)

  • आइतवार, भाद्र ९ २०८१

  • 828
    SHARES

  • सरकार निर्माण भएको करिब डेढ महिना बित्दा आलोचना शुरु, माओवादी रास्वपा आक्रामक, संविधान संशोधनमा राप्रपा सहमत (खास खबर)
    काठमाडौं । सरकार निर्माण भएको करिब डेढ महिना बित्दा प्रतिपक्षीहरूले आलोचना शुरु गरिरहेका छन् । संविधान संशोधनदेखि राजनीतिक स्थायित्वको नारा बोकेर गरिएको सत्ता सहकार्यभित्र धेरै तुष रहेको भन्दै माओवादी केन्द्र, रास्वपा आक्रामक बनेका छन् । स्वार्थ प्रेरित सहकार्य भन्दै यी दलहरूले डेलिभरीमा समस्या सिर्जना भइरहेको दाबी गरेका छन् । विभिन्न नियुक्तिदेखि साना दलहरूलाई तर्साउनका लागि कांग्रेस–एमालेले घाँटी जोडेको माओवादीका नेताहरूको तर्क रहेको छ । यता, नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिपक्षीमा पुग्नु पर्दाको पीडा माओवादी, रास्वपाहरुले पोखिरहेको आरोप लगाउनुभएको छ । तत्कालीन समयमा तस्करी र भ्रष्टाचारको आरोप लागेकाहरूलाई खुलेआम छोडिएको विषयलाई कोट्याउँदै गुरुङले सुशासनका कुरा गरेर जग नहँसाउन आग्रह गर्नुभयो । 
     
    कांग्रेस एमालेको समीकरणले संविधान संशोधनको मुद्दालाई अगाडि बढाएकोले राप्रपालगायतका दलहरूले समर्थन गरेका छन् । संविधानमा रहेका लुप होलहरुलाई सच्याउँदै विभिन्न दफा उपदफाहरू परिमार्जन आवश्यक देखिएको छ । कतिपय दलहरूलाई दुई ठूला शक्तिले आफूहरूको अस्तित्व संकटमा पार्ने भित्री डर रहेको छ । एमाले कांग्रेसपनि थ्रेसहोल्ड बढाउने रणनीतिमा लागेका छन् । राप्रपाका नेता ध्रुवबहादुर प्रधानले संविधानमा रहेका धेरै विषयहरू परिमार्जन आवश्यक रहेको बताउनुभयो । संशोधनको मुद्दामा आफूहरूको सरकारलाई साथ रहने उहाँको भनाइ रहेको छ । 
     
    कांग्रेस एमालेको अग्निपरीक्षामा केही साना दलहरूको पनि समर्थन रहेको छ । आम नागरिकमा छाएको निराशालाई कम गर्नका निम्ति सरकारको गति सही बाटोमा जान जरुरी रहेको छ । समग्रमा मुलुक सञ्चालन गर्ने मुख्य निकाय बलियो र स्थिर बन्न आवश्यक छ । 
     


    आइतवार, भाद्र ९ २०८१०८:०१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij